आई. पी. भी. खोप अभियान २०८०/८१ - जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी (दोश्रो ब्याच)
मिति २०८१ बैशाख २९ गते दोस्रो ब्याच
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा यही मिति २०८१ साल जेठ १३ गतेदेखि देशव्यापी रुपमा संचालन हुन गईरहेको पोलियो रोग विरुद्बको आई.पि.भि. खोप अभियान २०८०/८१ सम्बन्धी १ दिने अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ । २०७३ साल बैशाख देखि २०७५ साल असोज भित्र जन्मिएका बालबालिकाहरुलाई तत्कालिन समयमा खोपको अभाव भई आई.पि.भि. खोप लगाउन छुटेका बालबालिकाहरुलाई लक्षित गरी संचालन गर्न लागिएको यस अभियानद्बारा पोलियो रोगको जोखिममा रहेका बालबालिकाहरुलाई आई.पि.भि. खोप प्रदान गरी पोलियो रोगबाट हुन सक्ने अपाङ्गता तथा मृत्युबाट जोगाउनुको साथै पोलियो रोगलाई संसारबाटै उन्मूलन गर्ने उद्देश्य अनुरुप उक्त कार्यक्रम संचालन भएको थियो । स्वास्थ्य कार्यालय पर्वतका प्रमुख एवं जन स्वास्थ्य अधिकृत श्री प्रबिण शर्माको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालय पर्वत का परिवार नियोजन सुपरभाइजर निरीक्षक श्री नारायण प्रसाद रेग्मी र कोल्ड चेन निरीक्षक श्री जयन्द्रमान गुरुङले गर्नुभएको थियो भने कार्यक्रममा मोदी गाउँपालिका र जलजला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख, पालिका खोप फोकल पर्सन र स्वास्थ्य संस्थाका प्रमुखहरु गरि २१ जना स्वास्थ्य कर्मीको सहभागिता रहेको थियो ।
Download: आई. पी. भी. खोप अभियान २०८०/८१ - जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी (दोश्रो ब्याच)
93
