गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय

कुश्मा, पर्वत, नेपाल

हाम्रो बारेमा


गण्डकी प्रदेशका ११ जिल्ला मध्ये पश्चिम क्षेत्रमा पर्ने पर्वत जिल्ला भैगोलिक विविधताले भरिएको एक रमणीय पहाडी जिल्ला हो । मुक्ति क्षेत्र वाट बगेर आएको धार्मिक मान्यता बोकेको प्रसिद्ध कालीगण्डकी र मोदी नदीको संगम स्थल कुश्मा बजार नै यस जिल्लाको सदरमुकाम हो। समशितोष्ण हावापानीको वाहुल्यता भएको जिल्ला भएता पनि उचाई र भौगोलिक विविधताले गर्दा हावा पानीमा धेरै भिन्नता रहेको पाईन्छ ।यो जिल्ला समुन्द्र सतहवाट न्युनतम ५२० मिटर सेतिबेणी देखि अधिकतम ३३०९ मिटर भुकमा पर्ने जलजलाको लेक सम्म रहेको छ भने सदरमुकाम कुश्मा वजार समुन्द्र सतह वाट ८४७ मिटर उचाईमा रहेको छ । विश्व मानचित्रमा २८˚०० ̍ १९ ̎ देखि २८˚२३ ̍ ५९ ̎उत्तरी अक्षांश र ८३˚३३ ̍४० ̎ देखि ८३˚४९ ̍३० ̎ पुर्वि देशान्तरमा रहेको छ र यस जिल्ला ५३६.८६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएर रहेको छ ।प्राकृतिक, सास्कृतिक र मनोरम दृश्यहरुबाट सौन्दर्यित पर्वत जिल्ला नेपालको चौथो सानो जिल्ला र गण्डकी प्रदेशका एघार जिल्ला मध्ये सबै भन्दा सानो जिल्लामा पनि पर्दछ ।प्रतिनिधी सभा १ निर्वाचन क्षेत्र, प्रदेश सभा २ निर्वाचन क्षेत्र र २ नगरपालिका, ५ गाउँपालिका गरी ७ वटा स्थानिय तहमा जम्मा ६१ वडा यस जिल्लामा छन् ।

स्वास्थ्य सेवा प्रदान गर्ने संरचनाहरुमा ३ वटा सरकारी अस्पताल, ३ वटा निजि अस्पताल, ५० स्वास्थ्य चौकी, ६ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र, ४ वटा शहरी स्वास्थ्य केन्द्र, २७ सामुदायिक स्वास्थ्य ईकाइ, १२५ गाउँघर क्लिनिक, १८३ खोप क्लिनिक, ५०० महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका लगायत करिब ३३६ जना कर्मचारी सरकारी संस्थामा र करिब ८० जना स्वास्थ्यकर्मी निजि संस्था तथा अस्पतालमा कार्यरत छन । उल्लेखित संस्थाहरु मध्ये ३८ वटा वर्थिङ्ग सेन्टर, १८ वटा संस्था OTC, २ वटा BEOC Sites , १ वटा CEOC Site , १५ वटा Safe Abortion Sites र १८ वटा संस्थामा प्रयोगशाला सेवा समेत संचालनमा रहेको छ ।

पालिका  स्वास्थ्य शाखा विवरण

सि.न  पालिकाको नाम    स्वास्थ्य शाखा प्रमुखको नाम   ईमेल    सम्पर्क नं   
कुश्मा नगरपालिका याम प्रसाद शर्मा    yamprashadsharma123@gmail.com ९८५७६२३५०३
फलेवास नगरपालिका  प्रशन्न मान महर्जन  prashannamanmaharjan@gmail.com ९८६३१७३६९१
  पैयुँ गाउँपालिका  देवी प्रसाद भुर्तेल devibhurtel123@gmail.com     ९८५७६३०५१४
महाशिला गाउँपालिका नर वहादुर वराल      baralnb82@gmail.com        ९८५७६४४१११
विहादी गाउँपालिका हरि प्रसाद भुसाल  hrbhusal@gmail.com  ९८६७१०३६९४
मोदि गाउँपालिका उमेश कुमार अधिकारि    adhikariumeshkumar@gmail.com    ९८५७६६८२०५
जलजला गाउँपालिका     गणेश मल्ल    nigrisha2018 @gmail.com       ९८६७७०६७४३

                                                                                                                     

                                            

 

 

 

 

 

Download: हाम्रो बारेमा


599