आर्थिक वर्ष २०७९।८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक प्रगती समिक्षा
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा मिति २०८०।०५।२१ र ०५।२२ गते आर्थिक वर्ष २०७९।८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक प्रगती समिक्षा तथा योजना तर्जुमा गोष्ठी कास्की लुम्लेमा सम्पन्न भएको छ । कार्यक्रममा स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख, तथ्याङ्क फोकल व्यक्ती, स्वास्थ्य कार्यालय पर्वतको सम्पुर्ण कर्मचारीहरु, पर्वत जिल्लामा कार्यरत गैर सरकारी संघ संस्थाहरु, पत्रकारहरु, शिक्षा विकास तथा समन्वय ईकाइ , पर्वत अस्पताल कुश्माका मेडिकल सुपरिटेन्डेन्ट, वान हार्ट वोल्ड वाइड का निर्देशक,स्वास्थ्य निर्देशनालयवाट वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक, जिल्ला समन्वय समिति प्रमुख,गण्डकी प्रदेशका प्रदेश स्तरीय कार्यालयका महानिर्देशक ज्यू हरु सहित सामाजिक विकास तथा स्वास्थ्य मन्त्री माननिय सुशिला सिंखडा ज्यूको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम सामाजिक विकास तथा स्वास्थ्य मन्त्री माननिय सुशिला सिंखडा ज्यूको प्रमुख अतिथ्यमा र स्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख एक नारायण लम्साल ज्यूको अध्यक्ष्यतामा सम्पन्न भएको थियो ।
Download: आर्थिक वर्ष २०७९।८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक प्रगती समिक्षा
93
