अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता व्यवस्थापन दिवस २०२४ मे २८
मिती -२०८१-०२-१४
स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा विहादी गाउँपालिकाको समन्वयमा र JCYCN को सहयाेगमा अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता व्यवस्थापन दिवस २०२४ मे २८ को अवसरमा "महिनावारी स्वास्थ्य र पुरुष सहभागिता " विषयमा आयोजना गरिएको बिद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता विहादी गाउँपालिका अध्यक्ष परविन गुरुङको अध्यक्षता र जिल्ला समन्वय समिति, पर्वत प्रमूख बिष्णुराम वि. कको प्रमुख आतिथ्यतामा साथै बीहादी गा पाका उपाध्यक्ष मीना तिवारी , प्र प्र अ हरी भुषालको आतिथ्यतामा सम्पन्न भएको छ। प्रतियगितामा बीहादी गा पा का ७ माध्यमिक बिद्यालयका १/ १ छात्र छात्रा गरी १४ जना विद्यार्थी सहभागीता रहेकाे थियो भने प्रथम स्थान शालिग्राम मा विकी प्रतिमा तिवारी , दाेस्राे स्थान चन्द्र मा वि उराम की अमृता थापा , तेस्रो चन्द्र मा वि खोरपोखराका प्रतीक कडेल, सान्तोना बहाकी मा वि की नितु भट्टराई हुन सफल हुनु भएको थियो। प्रतियगितामा मूल्यांकन स्वास्थ्य कार्यालय पर्वतका जनस्वाथ्य अधिकृत अन्जली पि सि, पत्रकार महासंघ बाट माया अधिकारी , बिहादी गा पा शिक्षा शाखाका दिनेश भुसालले गर्नु भएकाे थियाे । कार्यक्रमको ब्यवस्थापन र सहजीकारण स्वास्थ्य कार्यालय पर्वतका प नि सु नि नारायण रेग्मीले गर्नु भएको थियो भने सञ्चालन बिहादी गा पा स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र पौडेलले गर्नु भएको थियो ।
#togetherforperiodfriendlyworld
Download: अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता व्यवस्थापन दिवस २०२४ मे २८
352
