ANC TO PNC continuum of care को समिक्षा तथा अभिमुखिकरण कार्यक्रम
मिति २०८२/१/३० र ३१ गते
प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा पर्वतको आयोजनामा ANC TO PNC continuum of care को समिक्षा तथा अभिमुखिकरण कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतको कार्यालय प्रमुख बद्रीराज आचार्य ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रमको सहजीकरण प्रदेश अस्पताल कुश्माका मे. सु हेमान्त बास्तोला , धौलागीरी प्रादेशिक अस्पताल बाग्लुङका नर्सिङ अधिकृत निमा हिताङ, प्रदेश अस्पताल कुश्माका अस्पताल नर्सिङ निरिक्षक सरस्वति बराल , प्रदेश अस्पताल कुश्माका अस्पताल नर्सिङ निरिक्षक सुनिता नेपालि , प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वाथ्य अधिकृत अन्जली पि.सी र प.हे.न.नि सुमन शर्माले गर्नु भएको थियो । कार्यक्रममा मातृ तथा नवशिशुको वर्तमान अवस्था,ANC TO PNC continuum of care, pregnancy registration and tracing Application, PPH Bundle Approach , vitamin k , Infection Prevention र Labour care Guide को विषयवस्तु जोडि प्रशिक्षण गरिएको थियो । स्थानिय तहका बर्थीङ सेन्टर र प्रदेश अस्पताल कुश्माका कार्यरत नर्सिङ कर्मचारीहरु, जनस्वास्थ्य कार्यालय पर्वतका शाखाका कर्मचारिहरु सहित ३० जनाको उपस्थिति रहेको थियो । प्रसूति हुन लागेको आमा र वच्चाको अवस्था थाहा पाउन पहिले प्रयोग गरिने Partograph को Replacement मा अहिले WHO Recommended Labour care guide रहेको छ । तालिममा सम्पुर्ण सहभागिहरुलाई Labour care guide भरेर अभ्यास गराईएको हुनाले आफ्नो संस्थामा आगामि दिनमा Labour care guide को प्रयोग गरिदिनुहुन अनुरोध गर्दछौ ।
Download: ANC TO PNC continuum of care को समिक्षा तथा अभिमुखिकरण कार्यक्रम
97
