वर्थीङ सेन्टर, BEONC तथा CEONC साईटमा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृदि (ANC TO PNC Continuum of Care, Pregnancy Registration and tracking app, MPDSR कार्यक्रम
मिति २०८२/८/२३ र २४ गते
प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा पर्वतको आयोजनामा वर्थीङ सेन्टर, BEONC तथा CEONC साईटमा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृदि (ANC TO PNC Continuum of Care, Pregnancy Registration and tracking app, MPDSR कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतको कार्यालय प्रमुख बद्रीराज आचार्य ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।बर्थिङ सेन्टर, BEONC तथा CEONC साइटमा कार्यरत स्वास्थ्यकर्मीहरुको ANC to PNC Continuum of Care सम्बन्धि क्षमता अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रम संचालन गरिएको छ । कार्यक्रमको सहजीकरण प्रदेश अस्पताल कुश्माका एम.डि.जि.पि डा. मिलन अवाले र स्त्री रोग विशेषज्ञ डा. प्रियसा अधिकारि, मेडिक मोवाईल प्रोग्राम अफिसर नारायण रिजाल, प्रदेश अस्पताल कुश्माका अस्पताल नर्सिङ निरिक्षक सुनिता नेपालि , प्रदेश जनस्वास्थ्य कार्यालयका प.हे.न.नि सुमन शर्माले गर्नु भएको थियो । कार्यक्रममा मातृ तथा नवशिशुको वर्तमान अवस्था,ANC TO PNC continuum of care, pregnancy registration and tracing Application, Infection Prevention, IUGR/IUFD/ FETAL KICK COUNT MONITORING र अभिलेख प्रतिवेदन को विषयवस्तु जोडि प्रशिक्षण गरिएको थियो । स्थानिय तहका बर्थीङ सेन्टर, नन वर्थीङ सेन्टर र प्रदेश अस्पताल कुश्माका कार्यरत नर्सिङ कर्मचारीहरु सहित २६ जनाको उपस्थिति रहेको थियो ।
20
