ANC TO PNC continuum of care को समिक्षा तथा अभिमुखिकरण कार्यक्रम दोश्रो व्याच
मिति २०८२/२/०९ र १० गते
प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा पर्वतको आयोजनामा ANC TO PNC continuum of care को समिक्षा तथा अभिमुखिकरण कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रमको सहजीकरण प्रदेश अस्पताल कुश्माका मे. सु डा. हेमन्त बास्तोला , प्रदेश अस्पताल कुश्माका एम.डि.जि.पि डा. मिलन अवाले, धौलागीरी प्रादेशिक अस्पताल बाग्लुङका नर्सिङ अधिकृत निमा हिताङ, प्रदेश अस्पताल कुश्माका बरिष्ठ अस्पताल नर्सिङ निरिक्षक सरस्वति बराल , प्रदेश अस्पताल कुश्माका अस्पताल नर्सिङ निरिक्षक शोभा श्रेष्ठ , प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वाथ्य अधिकृत अन्जली पि.सी र प.हे.न.नि सुमन शर्माले गर्नु भएको थियो । कार्यक्रममा मातृ तथा नवशिशुको वर्तमान अवस्था,ANC TO PNC continuum of care, pregnancy registration and tracing Application, PPH Bundle Approach , Non pneumatic antishock garments, vitamin k1 , kangaroo mother care र Labour care Guide को विषयवस्तु जोडि प्रशिक्षण गरिएको थियो । स्थानिय तहका बर्थीङ सेन्टर र प्रदेश अस्पताल कुश्माका कार्यरत नर्सिङ कर्मचारीहरु, जनस्वास्थ्य कार्यालय पर्वतका शाखाका कर्मचारिहरु सहित २५ जनाको उपस्थिति रहेको थियो । प्रसूति हुन लागेको आमा र वच्चाको अवस्था थाहा पाउन पहिले प्रयोग गरिने Partograph को Replacement मा अहिले WHO Recommended Labour care guide रहेको छ । तालिममा सम्पुर्ण सहभागिहरुलाई Labour care guide भरेर अभ्यास गराईएको हुनाले आफ्नो संस्थामा आगामि दिनमा Labour care guide को प्रयोग गरिदिनुहुन अनुरोध गर्दछौ । यस कार्यक्रम सगै प्रदेश जनस्वास्थ्य कार्यालयले संचालन गर्ने यस आर्थिक वर्ष २०८१।८२का MNH सम्बन्धि सम्पुर्ण कार्यक्रमहरु समापन भएको जानकारी गराउँछौ ।
Download: ANC TO PNC continuum of care को समिक्षा तथा अभिमुखिकरण कार्यक्रम दोश्रो व्याच
96
