आ.व. २०८१/०८२ मा सम्पादित एकिकृत स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरिय वार्षिक प्रगती समिक्षा तथा योजना तर्जुमा गोष्ठी
मिति २०८२/०७/२० गते प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा आ.व. २०८१/०८२ मा सम्पादित एकिकृत स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरिय वार्षिक प्रगती समिक्षा तथा योजना तर्जुमा गोष्ठी प्रदेश जनस्वास्थ्य कार्यालयका कार्यालय प्रमुख बद्रीराज आचार्य ज्युको अध्यक्षतामा प्रदेश जनस्वास्थ्य कार्यालयको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रमको संचालन प्रदेश जनस्वास्थ्य कार्यालयका तथ्याङ्क सहायक रामचन्द्र सुवेदीले गर्नुभएको थियो भने स्वागत मन्तब्य जनस्वास्थ्य निरीक्षक प्रकाश गौतमले राख्नुभएको थियो। प्रदेश अस्पताल पर्वतवाट मे.सु.डा हेमन्त वाँस्तोला ज्युको आतिथ्यता रहेको थियो।साथै प्रदेश आयुर्वेद चिकित्सालय फलेवास पर्वतवाट कार्यालय प्रमुख डा .किरण कमल बस्ताकोटीको सहभागिता रही प्रस्तुतिकरण राख्नुभएको थियो। कार्यक्रममा पर्वत जिल्लाका सातवटै स्थानीय तहवाट स्वास्थ्य शाखा प्रमुख , तथ्याङ्क ब्वस्थापनमा कार्यरत स्वास्थ्यकर्मि, प्रदेश अस्पताल MCH शाखा प्रमुखको सहभागिता रहेको थियो। कार्यक्रमको बिचमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय का तथ्याङ्क अधिकृत प्रविन भण्डारीज्युले Powerbi ( Integrated health dashboard) को विषयलाइ Virtual session मार्फत सहजिकरण गर्नु भएको थियो ! कार्यक्रममा स्वास्थ्य शाखा प्रमुखहरुले आ-आफ्नो स्थानीय तहको प्रस्तुतिकरण राख्नुभएको थियो भने समग्र जिल्लाको प्रस्तुतिकरण प्रदेश जनस्वास्थ्य कार्यालयका कार्यालय प्रमुख बद्रिराज आचार्यले राख्नुभएको थियो। कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालयका विभिन्न कार्यक्रमसँग सम्बन्धित फोकल पर्सनहरुको सहभागिता रही बर्ष भरी गरेका कार्यक्रमको प्रगति र कार्यक्रम संचालनका क्रममा आईपरेका समस्या तथा समाधानका उपाएका बारेमा छलफल भएको थियो।
36
