नर्सिङ्ग कर्मचारीहरुको लागी किशोर किशोरी यौन तथा प्रजनन स्वास्य्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम
मिति २०८३/०३/०२ देखि ०३ गते सम्म प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ्ग कर्मचारीहरुको लागी किशोर किशोरी यौन तथा प्रजनन स्वास्य्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय,पर्बतको तालिम हलमा सम्पन्न भएको छ । पर्वत जिल्लाका सात वटै स्थानिय तह अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ्ग कर्मचारी र प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतमा कार्यरत स्वास्थ्यकर्मी गरी २८ जना स्वास्थ्य कर्मीहरुको सहभागितामा संचालन गरिएको कार्यक्रमको अध्यक्षता प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख श्री बद्रीराज आचार्य ज्यूले गर्नु भएको थियो भने कार्यक्रमको संचालन प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपरभाईजर निरीक्षक श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो ।२ दिन सम्म संचालन भएको उक्त कार्यक्रमको सहजीकरण जलजला गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक श्री गणेश मल्ल, कुश्मा नगरपालिका वडा नं ९, कटुवाचौपारी स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक श्री अमृता कँडेल र प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन फोकल पर्सन श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो ।
Download: नर्सिङ्ग कर्मचारीहरुको लागी किशोर किशोरी यौन तथा प्रजनन स्वास्य्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम
3
