अत्यावश्यक औषधि सम्वन्धि Forecasting & Quantification अभिमुखिकरण कार्यक्रम
स्वास्थ्य कार्यालय, पर्वतको आ.व २०८१/०८२ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा मिति २०८१/०९/२५ र २६ गते अत्यावश्यक औषधि सम्वन्धि Forecasting & Quantification अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, र सह सम्योजकहरुको सहभागिता रहेको थियो । स्वास्थ्य कार्यालय पर्वतको तालिम हलमा सन्चालन गरिएको उक्त कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख श्री प्रवीण शर्माले गर्नु भएको थियो भने उक्त कार्यक्रमको सहजिकरण प्रदेश स्वस्थ्य आपुर्ति तथा ब्यवस्थापन केन्द्रका प्रदेश सम्योजक सुनिल रानाभाटले गर्नु भएको थियो ।
Download: अत्यावश्यक औषधि सम्वन्धि Forecasting & Quantification अभिमुखिकरण कार्यक्रम
128
