खोप दिने स्वास्थ्यकर्मीको दक्षता वृद्धि, ज्ञान, सीप तथा सरसफाई प्रवर्धन कार्यक्रमकाे अध्यावधिक सम्बन्धी २ दिने पुनर्ताजगी तालिम
मिति २०८२/०१/२५ र २६ गते ।
प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा पर्वतको आ . व. २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मिति २०८२/०१/२५ र २६ गते प्रदेश जनस्वास्थ्य कार्यालय कुश्माकाे तालिम हलमा खोप सेवा सञ्चालनमा संग्लन खोप दिने स्वास्थ्यकर्मीको दक्षता वृद्धि, ज्ञान, सीप तथा सरसफाई प्रवर्धन कार्यक्रमकाे अध्यावधिक सम्बन्धी २ दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ। उक्त तालिमको अध्यक्षता प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख श्री वद्रिराज आचार्यले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन प्रदेश जनस्वास्थ्य कार्यालयका परिवार नियोजन सुपर भाईजर निरीक्षक श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो भने कार्यक्रममा सहजिकरण प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका खोप अधिकृत श्री एकनारायण लम्साल, प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा पर्बतका जनस्वास्थ्य निरीक्षक प्रकाश गौतम र प नि सु नि यवम खोप फोकल पर्सन श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो। उक्त तालिम कार्यक्रममा पर्वत जिल्लाका सबै स्थानीय तहबाट २५ जना स्वास्थ्यकर्मीको सहभागिता रहेकाे थियाे । साथै कार्यक्रमको समापन आफनो सारगर्भित मन्तव्य सहित प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रशासन शाखा प्रमुख श्री रघुनाथ रेग्मीले गर्नु भएको थियो।
89
