"Data Error and Data Verification" बिषयमा स्वास्थ्यकर्मीहरुलाई zoom meeting मार्फत अभिमुखिकरण
स्वास्थ्य कार्यालय पर्वतको शून्य लागतमा नयाँ वर्ष ,नयाँ अभ्यासको शुरुवात अन्तर्गतको virtual session को पहिलो भाग "Data Error and Data Verification" बिषयमा स्वास्थ्यकर्मीहरुलाई zoom meeting मार्फत अभिमुखिकरण सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माको अध्यक्षतामा संम्पन्न भएको कार्यक्रम ९० जना भन्दा बढि स्वास्थ्यकर्मीको उपस्थितीमा ३ घन्टा सम्म चलेको थियो। अभिमुखिकरणको सहजिकारण स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशका तथ्याङ्क अधिकृत प्रविण भण्डारी तथा संचालन स्वास्थ्य कार्यालय पर्वतका पब्लिक हेल्थ नर्स निरीक्षक सुमन शर्माले गर्नु भएकाे थियाे । नया वर्ष २०८१ देखि नया कार्यको शुरुवात गर्ने उदेश्य साथै स्वास्थ्कर्मीहरुको ज्ञान तथा सिप अभिबृद्धि तथा पुनरावलोकन गर्न साथै स्वास्थ्य संस्थालाई प्रविधिमैत्री गराउने उद्देश्यका साथ शून्य लगानीमा जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि फरक फरक विषय तथा फरक फरक स्रोत व्यक्तिको सहजीकरणमा भर्चुअल सेसन प्रत्येक महिना सञ्चालन गर्न लागिएको हो ।
Download: "Data Error and Data Verification" बिषयमा स्वास्थ्यकर्मीहरुलाई zoom meeting मार्फत अभिमुखिकरण
109
