क्षयरोग तथा कुष्ठरोग कार्यक्रमको जिल्ला स्तरिय कोहर्ट बिश्लेषण तथा योजना तर्जुमा गोष्ठि
मिति २०८३/०३/१५ देखि १६ गते सम्म प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा क्षयरोग तथा कुष्ठरोग कार्यक्रमको जिल्ला स्तरिय कोहर्ट बिश्लेषण तथा योजना तर्जुमा गोष्ठि प्रदेश जनस्वास्थ्य कार्यालय,पर्बतको तालिम हलमा सम्पन्न भएको छ । पर्वत जिल्लाका सात वटै स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख, क्षयकुष्ठ कार्यक्रमका फोकल पर्सन, क्षयरोग माईक्रोस्कोपी सेन्टरमा कार्यरत प्रयोगशालाकर्मी , प्रदेश अस्पतालका क्षयकुष्ठ कार्यक्रमका फोकल पर्सन र प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका फाँट प्रमुख तथा कर्मचारी गरी ३० जनाको सहभागितामा उक्त कार्यक्रम संचालन गरिएको थियो । मिति २०८३।०३।१५ गते क्षयरोगको कोहर्ट विश्लेषण तथा योजना तर्जुमा गरिएको थियो भने मिति २०८३।०३।१६ गते कुष्ठरोग कार्यक्रमको समिक्षा गरि कार्यक्रममा आईपरेका समस्या, सवल पक्ष ,चुनौति तथा भावि कार्योजनाको बारेमा घनिभुत रुपमा छलफल गरिएको थियो । २ दिन सम्म संचालन भएको कार्यक्रमको अध्यक्षता प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख श्री बद्रीराज आचार्य ज्यूले गर्नु भएको थियो भने कार्यक्रमको संचालन प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपरभाईजर निरीक्षक श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो
Download: क्षयरोग तथा कुष्ठरोग कार्यक्रमको जिल्ला स्तरिय कोहर्ट बिश्लेषण तथा योजना तर्जुमा गोष्ठि
28
