खोप सेवामा संग्लन स्वास्थ्यकर्मीहरुलाई नियमित खोप खोप सेवा तथा सरसफाई प्रवर्द्धन सम्बन्धी ज्ञान,शिप, तथा दक्षता अभिवृद्धि
मिति २०८२/०९/११ -१२ गते
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आ.व. 2082/083 काे बार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रदेश जनस्वास्थ्य कार्यालय कुस्मा पर्वतको आयोजनामा मिति 2082/09/11 र 12 गते प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको तालिम हलमा खोप सेवामा संग्लन स्वास्थ्यकर्मीहरुलाई नियमित खोप खोप सेवा तथा सरसफाई प्रवर्द्धन सम्बन्धी ज्ञान,शिप, तथा दक्षता अभिवृद्धि गर्न 2 दिने पुनर्ताजगी तालिम सञ्चालन गरियो । उक्त तालिमको अध्यक्षता प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख श्री बद्रिराज आचार्य ज्यूले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन प्रदेश जनस्वास्थ्य कार्यालयका परिवार नियोजन सुपर भाईजर निरीक्षक श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो । उक्त 2 दिने तालीममा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख श्री वद्रिराज आचार्य, जनस्वास्थ्य अधिकृत सन्देश पोख्रेल, जनस्वास्थ्य निरीक्षक प्रकाश गौतम तथा पनिसुनि एबं खोप कार्यक्रम संयोजक नारायण प्रसाद रेग्मीले सहजीकरण गर्नु भएको थियो। उक्त तालिममा पर्वत जिल्लाका सातै स्थानीय तह अन्तर्गत स्वास्थ्य संस्थामा कार्यरत 32 जना र प्रदेश अस्पताल कुश्मामा कार्यरत 2 जना स्वास्थ्यकर्मी गरी 34 जना स्वास्थ्यकर्मीको सहभागिता रहेकाे थियो ।
12
