परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम बिहादी गाउँपालिका
मिति २०८३/१/२४ र २५ गते
प्रदेश जनस्वास्थ्य कार्यालय पर्बतको आयोजना र स्वास्थ्य शाखा बिहादी गाउँपालिकाको समन्वयमा परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम बिहादी गाउँ पालिकाको सभा हलमा प्रदेश जनस्वास्थ्य कार्यालय पर्बतका कार्यालय प्रमुख श्री बद्रीराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको छ , कार्यक्रमको सन्चालन प्रदेश जनस्वास्थ्य कार्यालय पर्वत का परिवार नियोजन सुपर भाइजर निरीक्षक श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो। उक्त २ दिने कार्यक्रम्को सहजीकरण प्रदेश जनस्वास्थ्य कार्यालय पर्बतका कार्यालय प्रमुख श्री बद्रीराज आचार्य ,बिहादी गाउँ पालिकाका स्वास्थ्य शाखा प्रमुख श्री हरि प्रसाद भुसाल,परिवार नियोजन सुपर भाइजर निरिक्षिक श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो । कार्यक्रममा बिहादी गाउँ पालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थाका स्वास्थ्य संस्था प्रमुख , परिवार नियोजन फोकल पर्सन गरि १८ जना को उपस्थिति रहेको थियो
Download: परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम बिहादी गाउँपालिका
19
