बिदाइ तथा पुनः भेटौँला
बिदाइ तथा पुनः भेटौँला
प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतमा दुई वर्षभन्दा बढी समयदेखि जनस्वास्थ्य निरीक्षकको रूपमा कार्यरत रहनुभएका श्री प्रकाश गौतमज्यू प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा सरुवा भई जान लाग्नुभएकोमा आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दछौँ।
यस कार्यालयमा कार्यरत रहँदा यहाँले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै कार्यालयबाट सञ्चालित विभिन्न जनस्वास्थ्य कार्यक्रमहरूको योजना, कार्यान्वयन, अनुगमन तथा सहजीकरणमा पुर्याउनुभएको योगदान प्रशंसनीय र स्मरणीय रहेको छ। साथै, कार्यालयका सहकर्मीहरूसँगको समन्वय, सहकार्य, व्यावसायिक प्रतिबद्धता र कार्यसम्पादनमा यहाँले पुर्याउनुभएको योगदानप्रति प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वत परिवार हार्दिक आभार व्यक्त गर्दछ।
नयाँ कार्यस्थलमा यहाँको ज्ञान, सीप, अनुभव र कार्यक्षमताको प्रभावकारी उपयोग हुँदै स्वास्थ्य सेवा प्रवाहलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ।
शुभकामना!
Download: बिदाइ तथा पुनः भेटौँला
1
