विदाई तथा फेरी भेटौला कार्यक्रम
मिति -२०८२-०१-१७गते
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय सहयोगीको पदमा कार्यरत रहनुभएका श्री कुलप्रसाद उपाध्याको विदाई तथा फेरी भेटौला कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख बर्द्री आचार्यको अध्यक्षतामा सम्पन्न भएको छ । आफ्नाे जिवनकाे महत्त्वपूर्ण समय करिव २७ वर्ष निजामती सेवामा रहेर देश र जनताकाे सेवामा समर्पित गरि मिति २०८१ चैत्र ०६गते देखि यस कार्यालयबाट अनिवार्य अवकाश भई सेवानिवृत्त जीवन मा प्रवेश गर्नु भएकोमा हार्दिक बधाई साथै सेवानिवृत्त जीवन सुखद , सफल , स्वस्थ रहोस भने शूभकामना व्यक्त गर्दछौं । तपाईंको लामो समयसम्मको सेवा, इमान्दारीता र मेहनतको लागि यो कार्यालय सधै आभारी रहनेछ ।
-प्रदेश जनस्वास्थ्य कार्यालय पर्वत परिवार
Download: विदाई तथा फेरी भेटौला कार्यक्रम
115
