महिला सामुदायिक स्वास्थ्य स्वंय सेविकाहरूको लागि सम्मानजनक विदाई कार्यक्रम
मिति २०८२-०३-०५ गते
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा पर्वत जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमको समारोहमा पर्वत जिल्लामा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वंय सेविकाहरूको लागि सम्मानजनक विदाई कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख बिष्णुराम बि.क ज्यूको अध्यक्षतामा तथा प.हे.न.नि सुमन शर्माको सन्चालनमा सम्पन्न भएको छ । उमेरले ६० वर्ष पुग्नु भएका १२ जना र महिला सामुदायिक स्वास्थ्य स्वंय सेविका भइ रहदा दुखद निधन हुनुभएको २ जना गरि १४ जना महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाहरूलाई कदर पत्र वितरण गरि सम्मान गरिएको थियो । यस बिदाई अवसरमा तपाईंहरूले देखाउनुभएको साहस, धैर्य, मेहनत र मानवसेवा प्रतीको प्रतिबद्धतालाई हामी सधैं स्मरण गर्नेछौं। नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन तपाईंहरूले जुन भूमिका निर्वाह गर्नुभयो, त्यसको लागि हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं। आगामी दिनहरूमा शान्ति, स्वास्थ्य र सफलता रहोस् भन्ने कामना व्यक्त गर्दछौं।महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको रुपमा रहि तपाइँहरुले समुदाय स्तरमा पुराउनु भएको योगदानको प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको तर्फबाट उच्च सम्मान गर्दछौं साथै सेवानिवृत्त जीवन सुखद रहोस् भनी सुभकामना पनि दिन चाहान्छौ । निधन हुनुभएका महिला सामुदायिक स्वास्थ्य स्वंय सेविकाहरू प्रति यस दुःखद घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।
Download: महिला सामुदायिक स्वास्थ्य स्वंय सेविकाहरूको लागि सम्मानजनक विदाई कार्यक्रम
93
