महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि पुनर्ताजगी तालिम
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा र मोदि गाउँपालिका तथा कुश्मा नगरपालिकाको समन्वयमा मिति २०८२/०२/१६ देखि ०२/१९ सम्म मोदि गाउँपालिका ( क्याङ स्वास्थ्य चौकी र वाजुङ स्वास्थ्य चौकिमा ) र मिति २०८२/०२/१८ देखि ०२/२१ सम्म कुश्मा नगरपालिका पकुवामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि पुनर्ताजगी तालिम प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुखज्यूको अध्यक्षतामा समपन्न भएको छ । तीन स्थानमा सम्पन्न भएको उक्त तालिममा जम्मा २८ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो । तालिममा मुख्य प्रशिक्षण गर्ने जनस्वास्थ्य निरिक्षक सुरेश सुवेदी, सि.अ.हे.व अधिकृत रामप्रसाद चापागाई, अधिकृत सातौ टेकनाथ सुवेदी, जनस्वास्थ्य निरिक्षक सागर पौडेल र प्रशिक्षण सहित सम्पुर्ण व्यवस्थापन गर्ने स्वास्थ्य चौकी प्रमुखज्यूहरु, नर्सिङ कर्मचारीहरु र पारामेडिकज्यूहरुलाई धन्यवाद दिन चाहन्छौ । तालिममा खोप, पोषण, सुरक्षित मातृत्व , गर्भपतन , नसर्ने रोग जस्ता महत्वपूर्ण विषयमा छ्लफल गरिएको छ ।
Download: महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि पुनर्ताजगी तालिम
80
