महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि पुनर्ताजगी तालिम
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा र फलेवास नगरपालिकाको समन्वयमा मिति 2082/02/28 देखि 02/31 सम्म फलेवास नगरपालिका ( भंगरा स्वास्थ्य चौकीमा ) महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि पुनर्ताजगी तालिम प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख बद्रिराज आचार्यज्यु को अध्यक्षतामा र फलेवास नगरपालिका उपप्रमुख सोभा क्षेत्रीज्युको प्रमुख आतिथ्य्यतामा र कार्यक्रम फोकल पर्सन सुमन शर्माको संचालनमा समपन्न भएको छ । उक्त तालिममा जम्मा 9 जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो । तालिममा मुख्य प्रशिक्षण गर्ने पब्लिक हेल्थ नर्स बिन्दु गौतम , हे. अ बिरबल बि.क र प्रशिक्षण सहित सम्पुर्ण व्यवस्थापन गर्ने स्वास्थ्य चौकी प्रमुख, नर्सिङ कर्मचारीहरु र पारामेडिकज्यूहरुलाई धन्यवाद दिन चाहन्छौ । तालिममा खोप, पोषण, सुरक्षित मातृत्व , गर्भपतन , नसर्ने रोग जस्ता महत्वपूर्ण विषयमा छ्लफल गरिएको छ ।
Download: महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि पुनर्ताजगी तालिम
89
