महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि पुनर्ताजगी तालिम
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा र विहादी गाउँपालिकाको समन्वयमा Bachchha Healthpost मा २०८२/०२/३१ देखि ०३/०३ गते सम्म महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि पुनर्ताजगी तालिम समपन्न भएको छ । उक्त तालिममा जम्मा बाच्छा स्वास्थ्य चौकीका ९ र बारचौर स्वास्थ्य चौकीका ३ जना गरी ११ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो । जसको सहजीकारण प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत अन्जली पि सी , स्वास्थ्य शाखा विहादी गाउँपालिका का प्रमुख भूपेन्द्र पौंडेल र बाच्छा स्वास्थ्य चौकीका प्रमुख खिम बहादुर कोइरालाले गर्नु भएको थियो भने कार्यक्रममा विहादी गा पा का प्रमुख प्रशासकीय अधिकृत हरी भुसाल , स्टाफ नर्स सृजना आचार्य लगायत प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क शाखा प्रमुख रामचन्द्र सुवेदीको उपस्थिति रहेको थियो ।तालिममा प्रशिक्षण गर्ने प्रशिक्षकहरु , सम्पुर्ण व्यवस्थापन गर्ने स्वास्थ्य चौकी प्रमुख, नर्सिङ कर्मचारीहरु र पारामेडिकज्यूहरुलाई धन्यवाद दिन चाहन्छौ । तालिममा खोप, पोषण, सुरक्षित मातृत्व , गर्भपतन , नसर्ने रोग जस्ता महत्वपूर्ण विषयमा छ्लफल गरिएको छ ।यसै सँगै यो आ.ब मा विभिन्न ५ ब्याच गरी ४९ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले पुनर्ताजगी तालिम प्राप्त गर्नु भएको छ ।
Download: महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि पुनर्ताजगी तालिम
88
