महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू (FCHVs) का लागि आधारभूत तालिम
मिति -२०८२।११।०४- ११।१३ (विहादी, जलजला, पैंयू र महाशिला गाउँपालिका)
मिति -२०८२।११।०५- ११।१४ (कुश्मा र फलेवास नगरपालिका )
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा तथा स्थानीय तहहरूको समन्वयमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू (FCHVs) का लागि सञ्चालन गरिएको आधारभूत तालिम कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको कार्यालय प्रमुख बद्रिराज आचार्यज्यूको अध्यक्ष्तामा पाँच ब्याच सफलतापूर्वक सम्पन्न भएको छ।
मिति २०८२ फागुन ०४ गतेदेखि १४ गतेसम्म जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरूमा (लिमिठाना स्वास्थ्य चौकी र होटल फ्रेन्ली कुश्मा,बनौ स्वास्थ्य चौकी , वहाकीठाटी स्वास्थ्य चौकी र महाशिला आधारभुत अस्पतालमा) सञ्चालन गरिएको उक्त तालिममा कुल ४१ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागिता रहेको थियो। जसमा फलेवास नगरपालिकाबाट ७ जना, कुश्मा नगरपालिका वाट ८ जना , विहादी गाउँपालिकावाट १० जना, महाशिला गाउँपालिकावाट ९ जना, पैंयू गाउँपालिकावाट २ जना र वनौ स्वास्थ्य चौकीवाट ५ जनाको सहभागिता रहेको थियो।
कुश्मामा सञ्चालन भएको कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलज्यू र लिमिठानामा आयोजित कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीज्यू र वडा अध्यक्ष केशर पन्त ज्युको विशेष उपस्थिति सहित स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरू तथा नर्सिङ कर्मचारीहरूको समेत सक्रिय उपस्थिति रहेको थियो।
तालिमले समुदायस्तरमा मातृ तथा शिशु स्वास्थ्य, रोग रोकथाम, स्वास्थ्य प्रवर्द्धन तथा आधारभूत स्वास्थ्य सेवाको प्रभावकारी सञ्चालनमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण प्रशिक्षकज्यूहरू, स्थानीय तहहरू, स्वास्थ्य शाखा, स्वास्थ्य संस्थाका कर्मचारीहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सबैप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।
Download: महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू (FCHVs) का लागि आधारभूत तालिम
22
