परिवार योजना किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समिक्षा एबम परिवार योजना सुदृढीकरण (Fp Data Pro ) सम्बन्धी अभिमुखिकरण कार्यक्रम
मिति २०८३/०३/०४ देखि ०६ गते सम्म प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा परिवार योजना किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी समिक्षा एबम परिवार योजना सुदृढीकरण (Fp Data Pro ) सम्बन्धी अभिमुखिकरण कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय,पर्बतको तालिम हलमा सम्पन्न भएको छ । पर्वत जिल्लाका सात वटै स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख परिवार योजना कार्यक्रम फोकल पर्सन तथ्यांक हेर्ने कर्मचारी ,परिवार नियोजन सेवा प्रदायक स्वास्थ्यकर्मी गरि १८ जनाको सहभागितामा संचालन गरिएको थियो भने कार्यक्रमको संचालन प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपरभाईजर निरीक्षक श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो ।३ दिन सम्म संचालन भएको उक्त कार्यक्रमको सहजीकरण प्रदेश जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ निरिक्षक श्री सुमन शर्मा,तथ्यांक सहायक रामचन्द्र सुवेदी ,स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश पोखराका बरिस्ठ तथ्यांक अधिकृत श्री दिवाकर शर्मा र प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन फोकल पर्सन श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो ।
3
