गर्भवती महिलाहरूका लागि निशुल्क (Anomaly scan ) एनोमली स्क्यान कार्यक्रम
गर्भवती महिलाहरूका लागि निशुल्क (Anomaly scan ) एनोमली स्क्यान कार्यक्रम
मिति २०८३।०२।१० र २४ गते २ व्याच
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा तथा प्रदेश अस्पताल कुश्मा पर्वतको समन्वयमा गर्भवती महिलाहरूका लागि निशुल्क एनोमली स्क्यान तथा गर्भवती स्वास्थ्य परीक्षण कार्यक्रम प्रदेश अस्पताल कुश्मा पर्वतमा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम मार्फत ३० जना गर्भवती महिलाहरू लाभान्वित भएका छन्। गर्भावस्थामा शिशुको शारीरिक विकास तथा सम्भावित जन्मजात असामान्यताको समयमै पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा विशेषज्ञ स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो। यस कार्यक्रममा धौलागिरी प्रादेशिक अस्पतालका रेडियोलोजिस्ट डा प्रविन घिमिरे ले एनोमली स्क्यान सेवा प्रदान गर्नुभएको थियो। साथै प्रदेश अस्पताल कुश्माका स्त्री तथा प्रसूति रोग विशेषज्ञ Dr. Priyasa Adhikari ले गर्भवती महिलाहरूको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो। नर्सिङ सेवातर्फ अ.न.नी शोभा श्रेष्ठ, अ.न.नी सुनिता नेपालि र सि.अ.न.मी निर्मला थापाले एन्टिनेटल स्क्रिनिङ गरि गर्भावस्था देखी सुत्केरी अवस्था सम्म सेवा निरन्तरता सम्बन्धि स्वास्थ्य शिक्षा दिनुभएको थियो।सम्पुर्ण कार्यक्रमको व्यवस्थापन पब्लिक हेल्थ नर्सिङ निरिक्षक सुमन शर्माले गर्नु भएको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्थानीय तह, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरू प्रति हार्दिक आभार व्यक्त गर्दछौं। प्रदेश अस्पताल कुश्मा पर्वत प्रति विशेषज्ञ सेवा तथा प्राविधिक सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्दछौं।
Download: गर्भवती महिलाहरूका लागि निशुल्क (Anomaly scan ) एनोमली स्क्यान कार्यक्रम
14
