• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 067-420119
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय

कुश्मा, पर्वत, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा हाम्रा कार्यहरु नागरिक वडापत्र दरबन्दी संरचना कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती स्थानीय तह विशेष
  • मौजूदा कानून
    ऐन नियम
  • प्रकाशन
    प्रकाशन स्वतः प्रकाशन मासिक बुलेटिन विद्यालय स्वास्थ्य शिक्षा
  • डाउनलोड
    बोलपत्र विल तथा फारम अनुसुचि तथा फारामहरु निर्देशिका
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • तालिमको विवरण
    आ व: २०८०-८१ आ.व २०८१-८२
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. पर्वत जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

पर्वत जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा



आ.व. २०८०/८१ मा गण्डकी प्रदेशको तेस्रो जिल्लाको रुपमा पर्वत जिल्लाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। पूर्ण खोप सुनिश्चतताको दिगोपना घोषणा सभा कार्यक्रमका सभा अध्यक्ष तथा जिल्ला खोप समन्वय समितिका संयोजक श्री विष्णुराम वि.क. को अधक्ष्यतामा सम्पन्न कार्यक्रममा, प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय मित्रलाल बस्याल रहनुभएको थियो।गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका श्रीमान सचिव एवं प्रदेश खोप समन्वय समितिका अध्यक्ष विनोद विन्दु शर्मा, पर्वत जिल्लाका नगरपालिकाका प्रमुख, जिल्ला समन्वय समितिका उप-प्रमुख, गाउँपालिकाका अध्यक्ष, नगरपालिकाका उप-प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका उपाध्यक्ष, प्रदेश स्थित स्वास्थ्यका विभिन्न निकायका महानिर्देशक, सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालय बागलुङ र म्याग्दीका प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुबाट पाल्नुभएका प्रमुख तथा प्रतिनिधि, WHO/IPD , WaterAid का प्रतिनिधि, नगरपालिका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका, संचारकर्मी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

नेपालको संविधान 2072 ले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा परिभाषित गरी नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति गरेको छ । आधारभूत स्वास्थ्य सेवा स्थानीय तहबाट संचालन तथा व्यवस्थापन हुने कानुनि प्रावधान रहेको छ । जनस्वास्थ्य सेवा ऐन 2075 मा खोप सेवालाई आधारभूत नि:शुल्क स्वास्थ्य सेवाको सूचीमा राखिएको छ । खोप सेवालाई व्यवस्थित बनाउनका लागि खोप ऐन 2072 तथा नियमावली 2074 र प्रदेश खोप एन २०७५ ले गुणस्तरीय खोप सेवा सुनिश्चितताका लागि कानुनि प्रावधानहरु तय गरेको छ ।

सबै बालबालिकाले जन्म पश्चात खोप लगाउन पाउनुपर्ने र बाँच्नु पाउने नैसर्गिक अधिकारको सुनिश्चितता गर्नु तथा गुणस्तरीय र प्रभावकारी खोप सेवा लक्षित वर्गसम्म पुर्याउनु हाम्रो जिम्मेवारी हो भने उपलब्ध सेवालाई निरन्तर रुपमा उपभोग गर्नु समुदाय तथा अभिभावकको दायित्व हो। अत: नेपाल सरकारले खोप सेवा पाउन पर्ने लक्षित बालबालिकाहरुले जन्मेको 15 महिनाको उमेर भित्रै पूर्ण खोप प्राप्त गरी विभिन्न रोगहरुबाट सुरक्षित हुन सकुन भन्ने अभिप्रायले पूर्ण खोपको अवधारणा वि.सं. 2067 बाट शुरु गरेको थियो । सोही अनुसार पर्वत जिल्लाको साविकको लुंखु देउराली (हाल महाशिला गा.पा.वडा नं ५) गा.वि.स. लाई पहिलो पूर्ण खोप युक्त गा.वि.स. घोषणा गरी क्रमशः वि.सं.२०७५ जेष्ठ ३१ गतेका दिन पर्वत जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको थियो भने तत्तपश्चात जिल्लाका सवै वडा, स्थानिय तह हुँदै जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिदै आइएको छ।

208१ साल आषाढ ५ गते बुधबार वडा, पालिका हुँदै समग्र पर्वत जिल्लालाई पूर्ण खोप सुनिश्चित दिगोपना जिल्ला घोषणा गरिएको हो। अपवाद बाहेक यो क्रम हरेक वर्ष माघ महिना देखि शुरु भइ यो अभियानमा पर्वत जिल्लाका सातवटै स्थानीय तह अन्तर्गतका  स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी घर घरमा गई 5 वर्ष सम्मका बालबालिकाले पूर्णखोप पाएको एकिन गर्दै खोप लगाउन छुट बालबालिकाहरुको खोजी गरी भेटिएका सम्पूर्ण बालबालिकाहरुलाई खोप लगाउने कार्य सम्पन्न भएको छ।

जन्मे देखि १५ महिनाका बालबालबालिकाहरु जम्मा १८९७ जना रहेकोमा सबै बालबालिकाले नियमित खोप कार्यक्रम अनुसार नै खोप पाइरहेका छन भने १६ देखि ५९ महिनाका जम्मा ५२९६ जना बालबालिका रहेकोमा स्वास्थ्यकर्मीबाट घरधुरी सर्वेक्षण गर्दा ५२८७ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने सवै खोप पाएको तथा खोप छुट भएका ९ जनालाई घरधुरी सर्वेक्षणमा भेटेर खोप पुरा गरी जम्मा ५२९६ जना सबै बालबालिकाले पूर्ण खोप पाएको स्वास्थ्यकर्मीहरुबाट घर धुरी सर्वेक्ष्ण गरी सुनिश्चित गरिएकोले खोप पाउनबाट कोही पनि बालबालिका नछुटेको तथ्याङ्कमा उल्लेख छ ।

Download: पर्वत जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा


Share Tweet Share
354
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   परिवार कल्याण महाशाखा
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय
कुश्मा, पर्वत, नेपाल

067-420119

dhoparbat44@gmail.com

https://phoparbat.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office 2026