पर्वत जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम
पर्वत जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम
मिति २०८२-०३-०५ -जिल्ला खोप समन्वय समिति पर्वतको आयोजनामा पर्वत जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम जिल्ला खोप समन्वय समिति पर्वतका संयोजक श्री बिष्णुराम बि.क अध्यक्षतामा संचालन भएको थियो। उक्त कार्यक्रममा जिल्ला खोप समन्वय समितिका पदाधिकारीहरु, स्थानीय तहका मेयर तथा प्रमुखहरु , प्रमुख जिल्ला अधिकारी, ७ वटै स्थानीय तहका स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु, पत्रकारहरु, जिल्लास्थित सरोकारवालाहरुको उपस्थतिमा र खोप कार्यकर्मका संयोजक नारायण प्रसाद रेग्मीको संचालनमा सम्पन्न भएको थियो । हालसम्म प्राप्त प्रगतिहरूको समीक्षा गर्दै आगामी दिनहरूमा पनि कोही बच्चा नछुट्ने गरी खोप कार्यक्रम सञ्चालन गर्न सबै सरोकारवालाहरुले प्रतिबद्धता जनाउनु भएको छ। यस अवसरमा २०८२ साल असार ५ गतेका दिनसम्म १६ महिना देखि २७ महिनासम्मका १५०२ जना बालबालिकाहरुले राष्ट्रिय स्खोप तालिका अनुसार तथा छुट ३ जना बालबालिकाहरुलाई घरधुरी सर्वेक्षणमा भेटेर खोप पुरा गरी जम्मा १५०५ जना बालबालिकाहरुलाई सबै खोप दिलाई पूर्णखोप पाएको सुनिश्चित गर्दै पर्वत जिल्लालाई पूर्ण खोप सुनिश्चितताको दिगोपना भएको घोषणा गरिएको थियो। यस कार्यक्रमलाई सभ्य र भव्य बनाउन तथा पूर्णखोपको प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याउनु हुने यस जिल्लामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु तथा सम्पूर्ण शुभचिन्तकहरुमा आभार व्यक्त गर्दछौं।
Download: पर्वत जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम
98
