• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 067-420119
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय

कुश्मा, पर्वत, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा हाम्रा कार्यहरु नागरिक वडापत्र दरबन्दी संरचना कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती स्थानीय तह विशेष
  • मौजूदा कानून
    ऐन नियम
  • प्रकाशन
    प्रकाशन स्वतः प्रकाशन मासिक बुलेटिन विद्यालय स्वास्थ्य शिक्षा
  • डाउनलोड
    बोलपत्र विल तथा फारम अनुसुचि तथा फारामहरु निर्देशिका
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • तालिमको विवरण
    आ व: २०८०-८१ आ.व २०८१-८२ आ.व २०८२-८३
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. पर्वत जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम

पर्वत जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम



पर्वत जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम

मिति २०८३-०३-१६ गते जिल्ला पुर्ण खोप समन्वय समिति पर्वतको आयोजनामा पर्वत जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम जिल्ला पुर्ण खोप समन्वय समिति पर्वतका संयोजक श्री बिष्णुराम बि.क ज्यूको अध्यक्षतामा संचालन गरियो । उक्त कार्यक्रममा जिल्ला खोप समन्वय समितिका पदाधिकारीहरु, प्रमुख जिल्ला अधिकारी, गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अतिरिक्त प्रदेश सचिव खिम बहादुर खड्का ज्यू , ७ वटै स्थानीय तहका स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू, , पत्रकारहरु, जिल्ला स्थित विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधि,सदरमुकाम कुश्मा बजारमा रहेका विधालयका प्रधानाध्यापक तथा प्रतिनिधि, सरोकारवाला व्यक्ति तथा निकायको उपस्थतिमा कार्यक्रमको संचालन भएको थियो ।उक्त कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका खोप कार्यक्रम संयोजक श्री नारायण प्रसाद रेग्मीको गर्नु भएको थियो । हालसम्म प्राप्त प्रगतिहरूको समीक्षा गर्दै आगामी दिनहरूमा पनि कोही बच्चा नछुट्ने गरी खोप कार्यक्रम सञ्चालन गर्न सबै सरोकारवालाहरुले प्रतिबद्धता जनाउनु भएको छ। यस अवसरमा २०८३ साल असार १६ गतेका दिनसम्म जन्मे देखि १५ महिना सम्मका जम्मा १४३९ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप सेवा लिई राखेको र १६ महिना देखि २३ महिना सम्मका ८९२ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पुर्ण खोप लगाएको तथा घर धुरी सर्वेक्षणको क्रममा भेटिएका छुट १४ जना बालबालिकाहरुलाई पनि खोप सेवा प्रदान गरि पूर्णखोप पाएको सुनिश्चित गर्दै पर्वत जिल्लालाई पूर्ण खोप सुनिश्चितताको दिगोपना भएको घोषणा गरिएको थियो। यस कार्यक्रमलाई सभ्य र भव्य बनाउन तथा पूर्णखोपको प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याउनु हुने यस जिल्लामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु तथा सम्पूर्ण शुभ चिन्तकहरुमा आभार व्यक्त गर्दछौं।

Download: पर्वत जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम


Share Tweet Share
31
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   परिवार कल्याण महाशाखा
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय
कुश्मा, पर्वत, नेपाल

067-420119

dhoparbat44@gmail.com

https://phoparbat.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office 2026