पुर्ण खोप जिल्ला घोषणा
पर्वत जिल्ला पुर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम भएको भनी घोषणा भएको छ ! मिति २०८०/०२/१६ गते संचालन भएको कार्यक्रम जिल्ला समन्वय समिती प्रमुखज्यू को अध्यक्ष्यतामा सम्पन्न भएको थियो ! कार्यक्रममा स्थानीय तहको प्रमुख/ उपप्रमुख ज्यू, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको सचीवज्यु, स्वास्थ्य निर्देशनालयका नि. महानिर्देशकज्यु, प्रमुख जिल्ला अधिकारीज्यू , राजनीतिक दलको प्रतिनिधि, कार्यालय प्रमुख ज्यू , महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायत अन्य सरोकारवाला निकायको उपस्थिति रहेको थियो ! पुर्ण खोप सुनिश्चितता तथा दिगोपनाको लागि अहोरात्र खटिनुहुने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीहरु, वडा खोप समन्वय समितिका पदाधिकारीहरु, पालिका खोप समन्वय समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, साथै जिल्ला खोप समन्वय समितिका पदाधिकारीहरु, सरोकारवाला निकाय तथा तहहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौ !
Download: पुर्ण खोप जिल्ला घोषणा
89
