आ.व २०८२/०८३ मा सम्पादित एकिकृत स्वास्थ्य कार्यक्रमहरुको अर्धवार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी
मिति २०८२/१२/१७ देखि १२/१९ गते सम्म प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा जिल्लाका स्थानिय तहका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्य शाखा प्रमुखहरु, तथ्याङ्क ब्यवस्थापनमा कार्यरत कर्मचारीहरु तथा प्रदेश अस्पतालका तथ्याङ्क शाखा, ईन्डोर शाखा तथा MCH शाखाका प्रमुख तथा प्रतिनिधिहरु विच आ.व २०८२/०८३ मा सम्पादित एकिकृत स्वास्थ्य कार्यक्रमहरुको अर्धवार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी साथै पर्वत जिल्लाका स्वास्थ्य संस्थाहरुको भौगोलिक अवस्थिति,स्वास्थ्य संस्था पञ्जिकरण (NHFR) एवं स्वास्थ्य जनशक्ति ब्यवस्थापन सुचना प्रणाली(NHWMIS)को अभिमुखिकरण कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख बद्रीराज आचार्य ज्युको अध्यक्षतामा प्रदेश जनस्वास्थ्य कार्यालयको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव श्रीमान् खिम बहादुर खड्का ज्युको आतिथ्थ्यता रही आवश्यक सुझाव एवं निर्देशन दिनुभएको थियो साथै प्रदेश अस्पतालका नि.मे.सु ढुण्डीराज पौडेलले मन्तब्य राख्नुभएको थियो।जनस्वास्थ्य कार्यक्रमका ७ वटा क्षेत्रहरुमा ग्रुप विभाजन गरी Thematic presentation प्रस्तुत गरिएको थियो।पालिका स्तरमा सम्पादीत स्वास्थ्य कार्यक्रमहरुको समिक्षा गरी लक्ष अनुसारको प्रगतिको समिक्षा गर्ने तथा लक्ष अनुसारका प्रगति हुन नसक्नाका कारणहरु तथा समाधानका उपायहरु पत्ता लगाउने साथै स्वास्थ्य संस्थाको भौगोलिक अवस्थिती, स्वास्थ्य संस्था पञ्जिकरण तथा स्वास्थ्य जनशक्तिको विवरण अध्यावधिक गर्ने उद्धेश्यले यो कार्यक्रम संचालन गरिएको हो। कार्यक्रमको संचालन प्रदेश जनस्वास्थ्य कार्यालयका तथ्याङ्क सहायक रामचन्द्र सुवेदीले गर्नुभएको थियो । कार्यक्रमा स्वागत मन्तब्य प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत सन्देश पोख्रेलले राख्नुभएको थियो भने कार्यक्रममा सहजिकरण प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख बद्रीराज आचार्य,जनस्वास्थ्य अधिकृत सन्देश पोख्रेल तथा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क सहायक रामचन्द्र सुवेदीको रहेको थियो। कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यक्रम फोकल पर्सन तथा जिल्लाका सातवटै स्थानीय तहवाट स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य शाखामा कार्यरत तथ्याङ्क ब्यवस्थापनमा कार्यरत कर्मचारीहरु तथा प्रदेश अस्पतालका तथ्याङ्क, ईन्डोर तथा MCH शाखावाट सहभागिता रहेको थियो।
1
