एच आइ भी एड्स सम्बन्धि लान्छना र भेदभाव न्युनिकरण कार्यक्रम
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयाेजना र कुश्मा नगरपालिका पर्वतको समन्वयमा एच आइ भी एड्स सम्बन्धि लान्छना र भेदभाव न्युनिकरण कार्यक्रम मिति २०८२/०१/०३ गते कुश्मा नगरपालिका को हलमा सम्पन्न भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्य को अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशी प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल जनप्रतिनिधिहरु स्वास्थ्यकर्मी
पत्रकार सुरक्षाकर्मी लगायत काे उपस्थिति रहेको थियो। कार्यक्रमकाे सञ्चालन प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यक्रम संयाेजक तेज प्रसाद सुवेदी र सहजीकरण प्रदेश अस्पताल पर्वतका डा बालकृष्ण श्रेष्ठले गर्नुभएको थियो।५० जना सहभागी सो कार्यक्रममा पर्वत जिल्लामा एच आइ भि काे अवस्था र न्युनिकरण का उपायहरू बारे अन्तरक्रिया सम्पन्न भयो।
Download: एच आइ भी एड्स सम्बन्धि लान्छना र भेदभाव न्युनिकरण कार्यक्रम
1
