स्वास्थ्यकर्मिहरुलाई परिमार्जित HMIS/DHIS-2 सम्बन्धि अभिमुखिकरण कार्यक्रम
मिति २०८१/०९/२ देखि ०९/०४ सम्म
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा स्वास्थ्यकर्मिहरुलाई परिमार्जित HMIS/DHIS-2 सम्बन्धि अभिमुखिकरण कार्यक्रम स्वास्थ्य कार्यालय पर्वतका प्रशासन प्रमुख रघुनाथ रेग्मीको अध्यक्षतामा स्वास्थ्य कार्यालय पर्वतको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क फोकल पर्सन रामचन्द्र सुवेदीले गर्नुभएको थियो। कार्यक्रममा पर्वत जिल्लाका ७ वटै स्थानिय तहवाट २६ जना स्वास्थ्यकर्मी तथा स्वास्थ्य कार्यालय पर्वतका विभिन्न कार्यक्रमसँग सम्बन्धित फोकल पर्सनहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय मुस्ताङका तथ्याङ अधिकृत राजन पहाडी ,कुश्मा न.पा दुर्लुङ स्वास्थ्य चौकीका जनस्वास्थ् निरिक्षक सुरेश सुवेदी तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क फोकल पर्सन रामचन्द्र सुवेदीले गर्नुभएको थियो ।
Download: स्वास्थ्यकर्मिहरुलाई परिमार्जित HMIS/DHIS-2 सम्बन्धि अभिमुखिकरण कार्यक्रम
122
