स्वास्थ्यकर्मिहरुका लागि HMIS/e-HMIS/DHIS-2 सम्बन्धि अभिमुखिकरण कार्यक्रम
मिति २०८२/१०/१३ देखि १०/१५ गते सम्म प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा जिल्लाका स्थानिय तहका स्वास्थ्य संस्थामा कार्यरत नयाँ नियुक्त भएका तथा यस अघि तालिम नलिएका स्वास्थ्यकर्मिहरुका लागि HMIS/e-HMIS/DHIS-2 सम्बन्धि अभिमुखिकरण कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख बद्रीराज आचार्य ज्युको अध्यक्षतामा प्रदेश जनस्वास्थ्य कार्यालयको सभाहलमा सम्पन्न भएको छ। स्वास्थ्य संस्थामा रेकर्डिङ र रिपोर्टिङ कार्यमा संलग्न स्वास्थ्यकर्मीहरुलाई परिमार्जित HMIS Recording/Reporting Tools भर्ने सीप विकास गराई HMIS डिजिटाईजेसन गर्ने र प्रतिवेदनमा
एकरुपता ल्याउने ,एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली (IHMIS/DHIS) सम्बन्धी ज्ञान प्रदान गर्ने र तथ्याङ्कको विश्लेषण गर्ने सीपको विकास गर्ने उदेश्यले यो कार्यक्रम सन्चालन गरिएको छ। कार्यक्रमको संचालन प्रदेश जनस्वास्थ्य कार्यालयका तथ्याङ्क सहायक रामचन्द्र सुवेदीले गर्नुभएको थियो भने कार्यक्रममा सहजिकरण स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश,पोखराका बरिष्ठ तथ्याङ्क अधिकृत दिवाकर शर्मा,प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङका सहायक तथ्याङ्क अधिकृत राजन पहाडी,प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका पब्लिक हेल्थ नर्सिङ निरिक्षक सुमन शर्मा तथा तथ्याङ्क सहायक रामचन्द्र सुवेदीको सहजिकरण रहेको थियो। कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यक्रम फोकल पर्सन तथा जिल्लाका सातवटै स्थानीय तहवाट स्वास्थ्य चौकीमा कार्यरत २१ जना स्वास्थ्य चौकी प्रमुख तथा स्वास्थ्यकर्मिहरुको सहभागिता रहेको थियो।
Download: स्वास्थ्यकर्मिहरुका लागि HMIS/e-HMIS/DHIS-2 सम्बन्धि अभिमुखिकरण कार्यक्रम
21
