एच.पि.भि खोप अभियान २०८१ अन्तर्गत जिल्ला स्तरीय अभिमुखिकरण तथा याेजना तर्जुमा गोष्ठी
स्वास्थ्य कार्यालय पर्वतको आव २०८१/०८२ काे बार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा मिति २०८१/०९/२३र २४गतेका दिन कुश्मा नगरपालिका ,पर्वत अस्पताल,स्वास्थ्य कार्यालय, विहादी गाउँपालिका,मोदी गाउँ पालिकाका स्वास्थ्य शाखा प्रमुख, खोप फोकल पर्सन, स्वास्थ्य संस्था प्रमुख र कोल्ड चेन फोकल पर्सनकाे सहभागीतामा एच पि भि खोप अभियान २०८१ अन्तर्गत जिल्ला स्तरीय अभिमुखिकरण तथा याेजना तर्जुमा गोष्ठी स्वास्थ्य कार्यालयमा चौथो ब्याच सन्चालन भै सम्पन्न भएको छ।सो कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख श्री प्रवीण शर्माले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता जिल्ला समन्वय समिति पर्वतका प्रमुख श्री विष्णु राम विक ले गर्नु भएको थियो ।कार्यक्रमकाे सहजीकरण स्वास्थ्य कार्यालय पर्वतका प्रमुख श्री प्रवीण शर्मा,जनस्वास्थ्य निरीक्षक श्री प्रकाश गौतम र परिवार नियोजन सुपरभाईजर निरीक्षक श्री नारायण प्रसाद रेग्मी ले गर्नु भएको थियो। उक्त कार्यक्रममा कुश्मा नगर पालिका,पर्वत अस्पताल, स्वास्थ्य कार्यालय र अन्य पालिकाका गरी ४० जना स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो।
Download: एच.पि.भि खोप अभियान २०८१ अन्तर्गत जिल्ला स्तरीय अभिमुखिकरण तथा याेजना तर्जुमा गोष्ठी
137
