एच.पि. भि खोप अभियान २०८१ अन्तर्गत जिल्ला स्तरीय अभिमुखिकरण तथा याेजना तर्जुमा गोष्ठी
स्वास्थ्य कार्यालय पर्वतको आ.व २०८१/०८२ काे बार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा मिति २०८१/०९/१४ र १५ गतेका दिन मोदी गाउँपालिका र विहादी गाँउपलिकाका स्वास्थ्य शाखा प्रमुख, खोप फोकल पर्सन, स्वास्थ्य संस्था प्रमुख र कोल्ड चेन फोकल पर्सनकाे सहभागीतामा एच.पि. भि खोप अभियान २०८१ अन्तर्गत जिल्ला स्तरीय अभिमुखिकरण तथा याेजना तर्जुमा गोष्ठीको दोस्रो ब्याच सम्पन्न भएको छ।सो कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य निरीक्षक श्री प्रकाश गौतम र परिवार नियोजन सुपरभाईजर निरीक्षक श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो। उक्त कार्यक्रममा दुई स्थानीय तहका २७ जना स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो।
Download: एच.पि. भि खोप अभियान २०८१ अन्तर्गत जिल्ला स्तरीय अभिमुखिकरण तथा याेजना तर्जुमा गोष्ठी
124
