एच.पि.भि खोप अभियान २०८१ अन्तर्गत जिल्ला स्तरीय अभिमुखिकरण तथा याेजना तर्जुमा गोष्ठी
स्वास्थ्य कार्यालय पर्वतको आ.व २०८१/०८२ काे बार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा मिति २०८१/०९/१२ र १३ गतेका दिन फलेबास नगरपालिका र पैंयू गाउँपलिकाका स्वास्थ्य शाखा प्रमुख, खोप फोकल पर्सन, स्वास्थ्य संस्था प्रमुख र कोल्ड चेन फोकल पर्सनकाे सहभागीतामा एच.पि.भि खोप अभियान २०८१ अन्तर्गत जिल्ला स्तरीय अभिमुखिकरण तथा याेजना तर्जुमा गोष्ठी को पहिलो ब्याच स्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख श्री प्रवीण शर्माकाे अध्यक्षता तथा जिल्ला खोप समन्वय समितिका संयोजक श्री विष्णुराम वि . क.काे प्रमुख आतिथ्यता र पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्री हेमन्त बाँस्तोला ज्यू काे आतिथ्यतामा सन्चालन भै सम्पन्न भएको छ।सो कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्थ निरीक्षक श्री प्रकाश गौतम र परिवार नियोजन सुपरभाईजर निरीक्षक श्री नारायण प्रसाद रेग्मी ले गर्नु भएको थियो। उक्त कार्यक्रममा दुई स्थानीय तहका २९ जना स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो।
Download: एच.पि.भि खोप अभियान २०८१ अन्तर्गत जिल्ला स्तरीय अभिमुखिकरण तथा याेजना तर्जुमा गोष्ठी
120
