एच.पि.भी. खोप सञ्चालन सम्बन्धी जिल्ला खोप समन्वय समिति,पत्रकार,सञ्चारकर्मी तथा सरोकारवाला सँग बहस,पैरवी एवं अन्तरक्रिया कार्यक्रम
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतकाे आयोजनामा मिति 2082/10/21 गते प्रदेश जनस्वास्थ्य कार्यालय पर्वत को सभा हलमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नियमित खोप सेवामा पाठेघरको मुखको क्यान्सर विरुद्ध काे खोप एच.पि.भी. खोप सञ्चालन सम्बन्धी जिल्ला खोप समन्वय समिति,पत्रकार,सञ्चारकर्मी तथा सरोकारवाला सँग बहस,पैरवी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गत आर्थिक वर्षमा संचालित महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको एच.पि.भी. खोप अभियान २०८१ सँग सम्बन्धित विभिन्न क्रियाकलापहरुको समीक्षा गरी त्यसको निस्कर्ष र सिकाईहरुलाई अवलम्बन गर्दै यस आर्थिक वर्ष ०८२/८३ देखि नियमित खोपमा समावेश भई माघ 27 गते देखि 29 गते सम्म संचालन हुन गईरहेको एच.पि.भी. खोप कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्ने, जिल्ला खोप समन्वय समिति,सञ्चार जगत तथा सरोकारवालाहरुसँग समन्वय र सहकार्यलाई तिव्रता दिई नियमित खोप सेवा सुदृढिकरण गर्ने र महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर र एच.पि.भी. खोपको बारेमा जानकारी गराउने उद्देश्य अनुरुप उक्त कार्यक्रम संचालन गरिएको हो । जिल्ला खोप समन्वय समिति पर्वतका संयोजक तथा जिल्ला समन्वय समिति पर्वतका प्रमुख श्री विष्णुराम वि.क.ज्यूको अध्यक्षता,जिल्ला समन्वय समितिका उपप्रमुख श्री सोम बहादुर जि.सी.प्रमुख जिल्ला अधिकारी श्रीमान लक्ष्मी प्रसाद पौडेल,प्रदेश अस्पाताल व्यवस्थापन समिति पर्वतका अध्यक्ष श्री याम बहादुर परियारकाे आतिथ्यतामा सञ्चालन गरिएको उक्त कार्यक्रमको संचालन प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपर भाईजर निरीक्षक नारायण प्रसाद रेग्मीलेले गर्नुभएको थियो भने पव्लिक हेल्थ नर्स निरीक्षक सुमन शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा प्रदेश प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख बद्रीराज आचार्य, प्रदेश अस्पतालका नि.मे सु डा ढुण्डीराज पौडेलले सहजिकरण गर्नुभएको उक्त कार्यक्रममा जिल्ला खोप समन्वय समिति,पत्रकार,सञ्चारकर्मी र सरोकारवाला गरी ३५ जनाको सहभागिता रहेको थियो ।नेपाल सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप फागुन महिनामा सञ्चालन गर्ने नीति भए ता पनि यस वर्ष विशेष परिस्थितिका कारण माघ महिनाको 27 गते देखि 29 गते सम्म जिल्ला भरी एकै पटक सञ्चालन गरिने भएको छ। यस वर्ष पर्वत जिल्लाका विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा एवम विद्यालय बाहिरका १० वर्ष उमेर समुहका बालिका तथा गत वर्ष खोप लगाउन छुट कक्षा 7 देखि 10 सम्म अध्ययनरत छात्रा, विद्यालय नजाने 11 वर्ष देखि 14 वर्ष सम्मका किशोरी गरी जम्मा 949 जना छात्रा तथा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धकाे खोप सेवा प्रदान गर्ने व्यहोरा सम्पुर्णमा अनुरोध गरिन्छ।
23
