एच.पि.भी. खोप अभियानको औपचारिक शुभारम्भ कार्यक्रम
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा र कुश्मा नगरपालिका को संयुक्त आयोजनमा एच.पि.भी. खोप अभियानको पहिलो चरणको औपचारिक शुभारम्भ कार्यक्रम कुश्मा नगरपालीका प्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा र जिल्ला समन्वय प्रमुख विष्णुराम वि. क को प्रमुख आतिथ्यतामा कुश्मा नगरपालिका ४ नारायण नमूना मा.वि पर्वत बाट शुभारम्भ भएको थियो भने मिति २०८१ माघ २८ गते प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वत र विहादी गाउँपालिकाको संयुक्त आयोजनामा एच.पि.भी खोप अभियानको दोश्रो चरणको शुभारम्भ कार्यक्रम विहादी २ बर्राचौरका वडा अध्यक्ष श्री गणेश प्रसाद शर्मा ज्यूको अध्यक्षता र जिल्ला समन्वय प्रमुख विष्णुराम वि.क ज्यूको प्रमुख आतिथ्यतामा आम्बरी माध्यमिक विद्यालयबाट बाट शुभारम्भ भएको थियो । एच.पि.भी. खोप सम्बन्धि थप जानकारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पैसा नलाग्ने हेल्लो हेल्थ कल सेन्टर १११५ वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।
121
