कुश्मामा खोपकाे समिक्षा तथा सुक्ष्म याेजना गोष्ठी सम्पन्न
कुश्मामा खोपकाे समिक्षा तथा सुक्ष्म याेजना गोष्ठी सम्पन्न ।
स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा कुश्मा नगरपालिकाकाे समन्वयमा मिति २०८१ मंसिर २१ गते देखि २२ गते सम्म होटल माउण्टेन भ्यू कुश्मामा कुश्मा नगरपालिका स्तरीय नियमित खोप कार्यक्रम तथा सरसफाई प्रवर्धन कार्यक्रमकाे समीक्षा तथा सुक्ष्म योजना गोष्ठी सम्पन्न भएको छ । २ दिन सम्म संचालन भएको कार्यक्रमकाे अध्यक्षता स्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख श्री प्रवीण शर्माले गर्नु भएको थियो भने कार्यक्रम काे प्रमुख आतिथ्यता कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री नेत्र प्रसाद पौडेलले गर्नु भएको थियो । कुश्मा नगरपालिका अन्तर्गतका सबै प्रा स्वा के,स्वास्थ्य चौकी ,आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख,खोप सेवामा संग्लन स्वास्थ्यकर्मी, शहरी स्वास्थ्य केन्द्रका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी ,पर्वत अस्पतालका स्वास्थ्य कर्मी गरी ५० जना स्वास्थ्यकर्मीकाे सहभागीतामा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रमकाे सहजिकरण स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका खोप अधिकृत श्री एकनारायण लम्साल, फलेबास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्री रुद्र शर्मा सापकोटा, कुश्मा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्री याम प्रसाद शर्मा,स्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपरभाईजर निरीक्षक नारायण प्रसाद रेग्मी, स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्थ अधिकृत ममता ढकालले गर्नु भएको थियो।
Download: कुश्मामा खोपकाे समिक्षा तथा सुक्ष्म याेजना गोष्ठी सम्पन्न
130
