खोप सेवा सञ्चालमा संग्लन खोप दिने स्वास्थ्यकर्मीको दक्षता वृद्धि, ज्ञान, सीप तथा सरसफाई प्रवर्धन कार्यक्रमकाे अध्यावधिक सम्बन्धी २ दिने पुनर्ताजगी तालिम
मिति २०८२/०२/२६ र २७ गते ।
प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा पर्वतको आ . व. २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मिति २०८२/०२/२६ र २७ गते प्रदेश जनस्वास्थ्य कार्यालय कुश्माकाे तालिम हलमा खोप सेवा सञ्चालमा संग्लन खोप दिने स्वास्थ्यकर्मीको दक्षता वृद्धि, ज्ञान, सीप तथा सरसफाई प्रवर्धन कार्यक्रमकाे अध्यावधिक सम्बन्धी २ दिने पुनर्ताजगी तालिम (चौथो ब्याच)सम्पन्न भएको छ। उक्त तालिमको अध्यक्षता प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय नि. कार्यालय प्रमुख श्री प्रकाश गौतमले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आतिथ्यता जिल्ला समन्वय समिति पर्वतका प्रमुख श्री विष्णु राम बि. क. ज्यूले गर्नु भएको थियो। कार्यक्रमको सञ्चालन प्रदेश जनस्वास्थ्य कार्यालयका परिवार नियोजन सुपर भाईजर निरीक्षक श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो । कार्यक्रममा सहजिकरण प्रदेश अस्पतालका मे .सु.डा हेमन्त बाँस्तोला, पोखरा महानगर पालिका जनस्वास्थ्य अधिकृत तेजाखर लम्साल, प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रकाश गौतम र पनिसुनि यवम खोप फोकल पर्सन श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो। उक्त तालिम कार्यक्रममा पर्वत जिल्लाका स्थानीय तह तथा प्रदेश अस्पताल कुश्माबाट गरी २८ जना स्वास्थ्यकर्मीको सहभागिता रहेकाे थियाे ।
89
