• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • 067-420119
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश जनस्वास्थ्य कार्यालय

कुश्मा, पर्वत, नेपाल

  • हाम्रो बारेमा
    हाम्रो बारेमा हाम्रा कार्यहरु नागरिक वडापत्र दरबन्दी संरचना कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती स्थानीय तह विशेष
  • मौजूदा कानून
    ऐन नियम
  • प्रकाशन
    प्रकाशन स्वतः प्रकाशन मासिक बुलेटिन विद्यालय स्वास्थ्य शिक्षा
  • डाउनलोड
    बोलपत्र विल तथा फारम अनुसुचि तथा फारामहरु निर्देशिका
  • मिडिया
    फोटोहरु भिडियोहरु
  • तालिमको विवरण
    आ व: २०८०-८१ आ.व २०८१-८२
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. घरमा सुत्केरी हुने दर उच्च भएका स्वास्थ्य संस्थामा जनप्रतिनिधि, गर्भवती महिला तथा अन्य सरोकारवलाहरु सगँ सचेतना तथा पैरवि वैठक कार्यक्रम

घरमा सुत्केरी हुने दर उच्च भएका स्वास्थ्य संस्थामा जनप्रतिनिधि, गर्भवती महिला तथा अन्य सरोकारवलाहरु सगँ सचेतना तथा पैरवि वैठक कार्यक्रम



मिति २०८१/१२/१७

प्रदेश जनस्वास्थ्य कार्यालय कुश्मा पर्वतको आयोजनामा र मोदि गाउँपालिकाको समन्वयमा घरमा सुत्केरी हुने दर उच्च भएका स्वास्थ्य संस्थामा जनप्रतिनिधि, गर्भवती महिला तथा अन्य सरोकारवलाहरु सगँ सचेतना तथा पैरवि वैठक कार्यक्रम भुकताङ्लेमा सम्पन्न भएको छ ।स्वास्थ्यकर्मीको अनुपस्थितिमा घरमा सुत्केरी हुँदा आमा, बच्च्चा वा दुबैको स्वास्थ्यमा जटिलता आउने सम्भावना उच्च हुन्छ । तसर्थ घरमा सुत्केरी हुने दर न्यूनीकरण गरी संस्थागत सुत्केरीलाई अभिवृद्धि गर्न तथा मातृ तथा शिशु स्वास्थ्यलाई सुदृढ पार्न स्थानीय तहबाट समेत यसको पैरवी हुन अपरिहार्य छ। घरमा सुत्केरी हुने दर उच्च रहेका क्षेत्रमा जनप्रतिनिधि, गर्भवती महिला तथा अन्य सरोकारवालाहरुसँग सहकार्य गर्दै स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरीको महत्वबारे सचेत गराउन यस कार्यक्रम संचालन गरिएको छ ।

यस कार्यक्रमको सहजीकरण ठुलिपोखरी प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा कृष्ण सुबेदी र प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वाथ्य अधिकृत अन्जली पि.सी ज्यूले गर्नुभएको थियो । मोदि गाउँपालिका वडा नं १ का वडा अध्यक्ष श्री चित्र वहादुर गुरुङ ज्यूको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमको संचालन भुकताङ्ले स्वास्थ्य चौकी प्रमुख कृष्ण अर्याल ज्यूले गर्नुभएको थियो जसमा स्वागत मन्तव्य मोदि गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरिक्षक बिक्रम भुवाजिले राख्नु भएको थियो। कार्यक्रममा जनप्रतिनिधि,गर्भवती महिला र स्वास्थ्यकर्मीहरु सहित ४० जनाको उपस्थिति रहेको थियो जसमा समापन मन्तव्य मोदि गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरिक्षक उमेश कुमार अधिकारी ज्यूले राख्नु भएको थियो।

कार्यक्रम सम्पन्न पश्चात् स्वास्थ्य संस्था व्यवस्थापन समितीका सदस्य सहित अन्य सरोकारवला निकाएहरुको उपस्थितिमा सुधार विषयमा छलफल गरी कार्ययोजना बनाइएको थियो ।मोदि गाउँपालिकाले घरमा हुने सुत्केरी दरलाई कम गर्न पालिका भरी निशुल्क एम्वुलेन्स सेवा संचालन गर्दे आएको छ ।

Download: घरमा सुत्केरी हुने दर उच्च भएका स्वास्थ्य संस्थामा जनप्रतिनिधि, गर्भवती महिला तथा अन्य सरोकारवलाहरु सगँ सचेतना तथा पैरवि वैठक कार्यक्रम


Share Tweet Share
125
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,गण्डकी प्रदेश,पोखरा
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवार, काठमाडौं
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौं
  •   स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   परिवार कल्याण महाशाखा
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार

प्रदेश जनस्वास्थ्य कार्यालय
कुश्मा, पर्वत, नेपाल

067-420119

dhoparbat44@gmail.com

https://phoparbat.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This site has been viewed Times
© Province Public Health Office 2026