IPV खोप अभियान 2081काे दोस्रो चरणको शुभारंभ कुश्मा नगरपालिकामा
मिती -२०८१-०२-२१
IPV खोप अभियान 2081काे दोस्रो चरणको शुभारंभ कुश्मा नगरपालिकामा श्री नमूना आवासीय मा.वि. खोप केन्द्रमा कुश्मा नगर पालिकाका नगर प्रमुख यवम कुश्मा नगर खोप समन्वय समितिका संयोजक श्री राम चन्द्र जोशी ज्यूकाे प्रमूख आतिथ्यता र कुश्मा नगरपालिका वडा नं 7 का वडा अध्यक्ष श्री परशुराम पूरीकाे अध्यक्षता र स्थानिय जनप्रतिनिधि र शिक्षक ,विद्यार्थीको उपस्थितिमा सम्पन्न भयो । सो कार्यक्रमकाे सन्चालन कुश्मा नगरपालिका वडा नं 7 का जन स्वास्थ्य निरीक्षक श्री सागर पौडेलले गर्नु भएको थियो ।स्वास्थ्य शाखा प्रमुख श्री याम प्रसाद शर्मा स्वागत यवम कार्यक्रमकाे बारेमा जानकारी दिनु भएको थियो भने कार्यक्रममा सहजीकरण स्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपरभाईजर निरिक्षक श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो। कुश्मा नगरपालिका, मोदी गाउँपालिका र जलजला गाउँ पालिकाका सबै बिद्यालय र स्वास्थ्य संस्थाहरुबाट मिति 2081/02/21 गते देखि 2081/02/26 गते सम्म आई पी भी खोप अभियान सञ्चालन हुनेछ। थप जानकारीको लागि स्थानिय जनप्रतिनिधि र स्वास्थ्यकर्मी सँग सम्पर्क गर्न सक्नुहुनेछ।
Download: IPV खोप अभियान 2081काे दोस्रो चरणको शुभारंभ कुश्मा नगरपालिकामा
99
