IPV खोप अभियान २०८१ को शुभारंभ
मिती २०८१-०२-१३ गते
IPV खोप अभियान २०८१ को शुभारंभ महाशिला गाउँ पालिका वार्ड नं 5 काे महेन्द्र ज्योति माबि खोप केन्द्र लुँखु देउराली पर्वतमा जिल्ला खोप समन्वय समिति पर्वतका संयोजक श्री विष्णुराम वि.क . ज्यू काे अध्यक्षता र महाशिला गाउँ पालिका अध्यक्ष श्री इश्वरी प्रसाद भुसाल ज्यू काे आतिथ्यतामा सम्पन्न भएको छ । सो कार्यक्रमकाे सन्चालन महाशिला गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख श्री नर बहादुर बरालले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत तथा सहजीकरण स्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपरभाईजर निरिक्षक श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो। कार्यक्रममा वार्ड नं ५ का वडा अध्यक्ष, वार्ड नंवर ६ का वार्ड अध्यक्ष , बिद्यालयका प्रधानाध्यापक, शिक्षक, तथा विद्यार्थीहरुकाे सहभागिता रहेको थियो।
Download: IPV खोप अभियान २०८१ को शुभारंभ
113
