जिल्ला खोप समन्वय समिति एवं सरोकारवालाहरु र संचारकर्मीहरुको लागि अभिमुखिकरण गोष्ठी
स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा जिल्ला समन्वय समिति पर्वतको समन्वयमा यही मिति २०८१ साल जेठ ९ गते बुधबार संचालन गरिएको पोलियो रोग विरुद्बको खोप अभियान २०८०/०८१ सम्बन्धी जिल्ला खोप समन्वय समिति एवं सरोकारवालाहरु र संचारकर्मीहरुको लागि अभिमुखिकरण गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ । विशेष गरेर सरोकारवालाहरु र संचारकर्मीहरुलाई यही जेठ १३ गते देखि संचालन हुन गईरहेको आई.पि.भी. खोप अभियान सम्बन्धमा जानकारी गराई अभियानलाई सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्य अनुरुप उक्त कार्यक्रम संचालन भएको थियो । जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक आदरणीय श्री विष्णु राम विक ज्यूको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतका प्रमुख श्री प्रबिण शर्माले स्वागत तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै खोप कार्यक्रमको संवेदनशिलताको बारेमा बुझिदिन आग्रह गर्दै खोप अभावका कारण जोखिममा रहेका ( खोपबाट बञ्चित २०७३ बैशाखदेखि २०७५ असोज भित्र जन्मिएका) बालबालिकाहरुलाई नजिकको खोप केन्द्रमा लगि खोप लगाउन अनुरोध गर्नुभएको थियो । स्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपर भाईजर निरीक्षक श्री नारायण प्रसाद रेग्मीले संचालन गर्नुभएको थियो। उक्त कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालय पर्वतका प्रमुख श्री प्रबिण शर्माले गर्नुभएको थियो ।
Download: जिल्ला खोप समन्वय समिति एवं सरोकारवालाहरु र संचारकर्मीहरुको लागि अभिमुखिकरण गोष्ठी
98
