किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन तथा विस्तार सम्बन्धि समिक्षा,अभिमुखीकरण
मिती - २०८१/०२/२९र ३० गते
स्वास्थ्य कार्यालय पर्वत काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वास्थ्य कार्यालय पर्वतकाे आयोजनामा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन तथा विस्तार सम्बन्धि समिक्षा,अभिमुखीकरण याेजना तर्जुमा गोष्ठी सम्पन्न भएकाे छ। सो कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख श्री प्रवीण शर्मा र कार्यक्रमको प्रमुख आथित्यता जिल्ला समन्वय समिति पर्वतका प्रमुख श्री विष्णु राम विकले गर्नु भएको थियो। त्यसै गरी कार्यक्रममा पर्वत अस्पतालका मेसु डा हेमन्त बास्तोला ज्यूले ASRH सम्बन्धमा मन्तव्य राख्नू भयको थियो।कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपरभाईजर निरिक्षक श्री नारायण प्रसाद रेग्मी , पर्वत अस्पताल का अस्पताल नर्सिङ अधिकृत सरस्वती बराल र one heart world wide पर्वतका कार्यक्रम संयोजक श्री कविन्द्र रेग्मीले गर्नु भएको थियो। कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई का निमित्त प्रमूख,सात वटै स्थानिय तह का स्वास्थ्य शाखा प्रमुख,ASRH फोकल पर्सन,सात वटा ASRH सेवा सूचीकृत स्वास्थ्य संस्थाका प्रमूख, किशोरी र किशोर, पत्रकार स्वास्थ्य कार्यालय का फोकल पर्सन काे सहभागिता रहेको थियो।
Download: किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन तथा विस्तार सम्बन्धि समिक्षा,अभिमुखीकरण
130
