कुष्ठरोग कार्यक्रमकाे पालिका स्तरीय समीक्षा, अन्तरकृया एवम् याेजना तर्जुमा गोष्ठी जलजला गाउँपालिका
२०८१/०३/२२
स्वास्थ्य कार्यालय पर्वतकाे आयोजना तथा जलजला गाउँ पालिकाको समन्वयमा कुष्ठरोग कार्यक्रमकाे पालिका स्तरीय समीक्षा, अन्तरकृया एवम् याेजना तर्जुमा गोष्ठी जलजला गाउँपालिकाका अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको छ। जलजला गाउँ पालिकाका सबै स्वास्थ्य सँस्था प्रमुख/प्रतिनिधि,स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी, जलजला गाउँ पालिका वार्ड नं २,३ र ४ का टोल सुधार समितिका प्रतिनिधि र महिला सामुदायिक स्वास्थ्य स्वयं सेबिकाका गरी ३२ जना काे सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमकाे सहजिकरण पर्वत अस्पतालका सर्जन डा.शिशिर देवकोटा र स्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपरभाईजर निरिक्षक नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो । कार्यक्रमकाे सन्चालन स्वास्थ्य शाखाकी सिअनमी अञ्जली बैरागीले गर्नु भएको थियो। त्यसै गरी कार्यक्रमकाे समन्वय स्वास्थ्य शाखा प्रमुख गणेश मल्लले गर्नु भएको थियो। गत आव २०७९/८० मा जलजला गाउँ पालिकामा ६ जना नयाँ कुष्ठ रोगका विरामी रहेकाे र यस आर्थिक वर्षकाे जेष्ठ महिना सम्म ४ जना कुष्ठ रोगका विरामी रहेका छन।
Download: कुष्ठरोग कार्यक्रमकाे पालिका स्तरीय समीक्षा, अन्तरकृया एवम् याेजना तर्जुमा गोष्ठी जलजला गाउँपालिका
109
