क्षयरोग मुक्त अभियान अन्तर्गत जिल्ला स्तरीय बैठक सम्पन्न
मिती २०८१/०२/३० गते बिहान ८ बजे
स्वास्थ्य कार्यालय पर्वत काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वास्थ्य कार्यालय पर्वतकाे आयोजनामा क्षयरोग मुक्त अभियान अन्तर्गत जिल्ला स्तरीय बैठक सम्पन्न भएकाे छ। सो बैठकको अध्यक्षता जिल्ला समन्वय समिति पर्वतका प्रमुख श्री विष्णु राम विक ज्यू अध्यक्षता यवम जिल्ला समन्वय अधिकारी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि,उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष, पर्वत अस्पतालका मेसु, स्वास्थ्य कार्यालय पर्वतका प्रमुख,गैर सरकारी संस्था महासंघ, नेपाल रेडक्रस सोसाइटी, लगायत का व्यक्तित्त्वकाे उपस्थिति रहेको थियो। बैठकको सहजिकारण सेभ दी चिल्ड्रेन गण्डकी प्रदेश पोखराका क्षयरोग कार्यक्रम संयोजक श्री राजेश कुमार यादवले गर्नु भएकाे थियाे। बैठकमा क्षयरोग मुक्त अभियान काे बारेमा जानकारी गराइएको थियो। त्यसै गरी पर्वत जिल्लाकाे क्षयरोग काे अवस्था र चुनौती काे बारेमा जानकारी गराइएको थियो। आजको बैठकले जिल्ला समन्वय समिति पर्वतका प्रमुख श्री विष्णु राम विक ज्यू काे संयोजकत्व मा 11 सदस्यीय क्षयरोग मुक्त अभियान जिल्ला स्तरीय समिति गठन गरिएको थियो।
Download: क्षयरोग मुक्त अभियान अन्तर्गत जिल्ला स्तरीय बैठक सम्पन्न
118
