किटजन्य रोगहरु सम्बन्धि सरोकारवालासग वैठक तथा अभिमुखिकण कार्यक्रम"
मिती २०८१-०३-२१ गते
बर्षाको झरी सगै लामखुट्टे, किरा, भुसुना को जोखिमले किटजन्य रोगहरुको संक्रमण फैलन सक्ने भएकाले सबैजनालाई सचेत बनाउने उदेश्य सहित स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा "किटजन्य रोगहरु सम्बन्धि सरोकारवालासग वैठक तथा अभिमुखिकण कार्यक्रम" सम्पन्न भएको छ । स्वास्थ्य कार्यलय पर्वतको कार्यालय प्रमुख श्री प्रविण शर्माज्यूको अध्यक्ष्तामा संचालन भएको उक्त कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष श्री सन्तोष थापाज्यूको पनि उपस्थिति रहेको थियो! कार्यक्रममा प्रत्रकारहरु, स्वास्थ्यकर्मीहरु, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु गरि ३० जनाको उपस्थिति रहेको थियो जसलाई सहजीकरण पर्वत अस्पताल कुश्माका मेडिकल अधिकृत डा. सनम ढकाल र स्वास्थ्य कार्यालय पर्वतका जनस्वास्थ्य अधिकृत ममता ढकालले गर्नुभएको थियो ।कार्यक्रममा डेंगी, कालाजार, स्क्रव टाइफस, औलो, जीका भाइरस र सापु जस्ता किटजन्य रोगहरुको रोकथाम र व्यवस्थापनबारे छलफल गरिएको थियो ।
Download: किटजन्य रोगहरु सम्बन्धि सरोकारवालासग वैठक तथा अभिमुखिकण कार्यक्रम"
105
