किटजन्य रोगहरुको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम
मिति २०८१।०१।३१ गते
स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा कुश्मा नगरपालिका वडा नं. ९ स्थित कटुवाचौपारी स्वास्थ्य चौकीमा “किटजन्य रोगहरुको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा नं. ९का वडा अध्यक्ष श्री राम शर्मा लामिछानेको अध्यक्षता रहेको उक्त कार्यक्रममा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति (HFOMC), स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरु र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका गरी जम्मा २४ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन स्वास्थ्य चौकी प्रमुख अमृता कंडेलले गर्नुभएको थियो भने सहजिकरण स्वास्थ्य कार्यालय पर्वतकी जनस्वास्थ्य अधिकृत ममता ढकालले गर्नुभएको थियो । कार्यक्रममा डेंगी, कालाजार, स्क्रव टाइफस, औलो, चिकनगुनिया र जीका भाइरस रोगहरुबारे छलफल गरिएको थियो ।
Download: किटजन्य रोगहरुको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम
106
