पूर्ण खोप सुनिश्चितता तथा नियमित खोप र सरसफाई प्रवर्धन कार्यक्रमकाे सुदृढीकरण का लागी समीक्षा, अभिमुखीकरण त था शुक्ष्म याेजना (जलजला र मोदि गाउँपालिका)
मिती २०८१/०१/१९ र २०
स्वास्थ्य कार्यालय पर्वतको आ. व. २०८०/०८१ काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा मोदी गा.पा. र जलजला गा.पा.का स्वास्थ्य शाखा प्रमुख, खोप सम्पर्क व्यक्ति तथा अन्तर्गतका स्वास्थ्य संस्था प्रमुख तथा कुश्मा, फलेबास, महाशिला र पयू गा.पा. स्वास्थ्यकर्मी गरी ३० जनाकाे सहभागितामा खोप छुट बच्चा(शुन्य तथा ड्रप आउट ) काे पहिचान र छुट खोप पूरा गरि पूर्ण खोप सुनिश्चितता तथा नियमित खोप र सरसफाई प्रवर्धन कार्यक्रमकाे सुदृढीकरण का लागी समीक्षा, अभिमुखीकरण तथा शुक्ष्म याेजना अद्यावधिक र महामारी रोकथाम तथा नियन्त्रण यवम सर्भिलेन्स का लागि स्थानिय तहकाे याेजना तयारी सम्बन्धी जिल्ला स्तरीय गोष्ठी सम्पन्न भएको छ। सो कार्यक्रमकाे अध्यक्षता स्वस्थ्य कार्यालय पर्वतका अधिकृत प्रशासन श्री रघुनाथ रेग्मीले गर्नु भएको थियो भने सञ्चालन स्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपरभाईजर निरीक्षक श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो। त्यसै गरी कार्यक्रमकाे सहजीकरण पोखरा महानगर पालिकाका जनस्वास्थ्य निरिक्षिक श्री तेजाखर लम्सालले गर्नु भएको थियो। साथै कार्यक्रमकाे व्यवस्थापन स्वास्थ्य कार्यालय पर्वतका कोल्ड चेन निरीक्षक श्री जयन्द्रमान गुरुङ्गले गर्नु भएको थियो।
101
