नियमित खोप कार्यक्रम तथा सरसफाई प्रवर्द्धनकाे समिक्षा तथा सुक्ष्मयोजना अध्यावधिक गोष्ठी
मिति 2081/07/12 र 13 गते
स्वास्थ्य कार्यालय, पर्वतको आयोजना र फलेबास नगर पालिका स्वास्थ्य शाखाकाे समन्वयमा नियमित खोप कार्यक्रम तथा सरसफाई प्रवर्द्धनकाे समिक्षा तथा सुक्ष्मयोजना अध्यावधिक गोष्ठी सम्पन्न भएको छ। उक्त कार्यक्रमकाे उद्घाटन सत्र फलेबास नगर पालिकाका उप प्रमुख श्री शोभा कुमारी क्षेत्रीकाे अध्यक्षता फलेबास नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु प्रसाद पौडेल,सामाजिक विकास समिति संयोजक श्री नारायण प्रसाद लामिछाने, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका खोप अधिकृत श्री एकनारायण लम्साल,मोदी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश कुमार अधिकारीकाे आतिथ्यतामा सन्चालन भएको थियो। भने कार्यक्रम काे सन्चालन फलेबास नगर पालिकाका स्वास्थ्य शाखा प्रमुख श्री रुद्र शर्मा सापकोटाले गर्नु भएको थियो ।उद्घाटन सत्र र प्राविधिक सत्र गरी सन्चालन गरिएको कार्यक्रमकाे सहजिकरण खोप अधिकृत श्री एकनारायण लम्साल,उमेश कुमार अधिकारी स्वास्थ्य कार्यालय पर्वतका परिवार नियोजन सुपरभाईजर निरिक्षक श्री नारायण प्रसाद रेग्मी, जनस्वास्थ्य अधिकृत श्री ममता ढकालले गर्नु भएको थियो। 2 दिन सम्म संचालन भएको कार्यक्रमकाे समापन सत्रकाे अध्यक्षता फलेबास नगरपालिकाका नगर प्रमुख आदरणीय गंगाधर तिवारीले गर्नु भएको थियो ।त्यसै गरी कार्यक्रमकाे विशिष्ट अतिथि गण्डकी प्रदेश सभाका माननीय श्री भक्त बहादुर कुँवर रहनु भएको थियो । फलेबास नगरपालिका अन्तर्गतको स्वास्थ्य संस्था प्रमुख, सामुदायीक स्वास्थ्य इकाई का प्रमुख तथा प्रतिनिधि र खोप सेवा प्रदान गर्ने स्वास्थ्य कर्मीकाे सहभागीतामा कार्यक्रम सञ्चालन भएको थियो। उक्त कार्यक्रममा फलेबास नगरपालिका अन्तर्गत सबै स्वास्थ्य संस्था बाट स्वास्थ्य संस्था प्रमुख र खोप दिने स्वास्थ्यकर्मी पत्रकार , पालिका खोप समन्वय समिति सदस्य, पालिकाका स्वास्थ्य कर्मी,कर्मचारी गरी 45 जनाकाे सहभागिता रहेको थियो ।
Download: नियमित खोप कार्यक्रम तथा सरसफाई प्रवर्द्धनकाे समिक्षा तथा सुक्ष्मयोजना अध्यावधिक गोष्ठी
95
